विराटनगरमा २०० केजी घ्यु नष्ट, विराट गोल्छा घ्युका मालिक रमेश गोल्छा विरुद्ध मुद्दा

विराटनगरमा २०० केजी घ्यु नष्ट, विराट गोल्छा घ्युका मालिक रमेश गोल्छा विरुद्ध मुद्दा

विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर्दा मिसावट पाइएपछि आइतबार नियामक निकायले नष्ट गरेको हो ।

उद्योगमा उत्पादित घ्यु बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुँदै आएको थियो । बजार मूल्य भन्दा सस्तो मूल्यमा उपलब्ध घ्युमा मिसावट रहेको पाइएको हो । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले गत असोज ३० गते नै उद्योगको अनुगमन गरेर नमूना संकलनपछि शिलबन्द गरेको थियो । प्रयोगशाला परीक्षणका क्रममा घ्युमा मिसावट रहेको पाइयो, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले भन्नुभयो–उद्योगी रमेश गोल्छा विरुद्ध मुद्दा दायरको प्रक्रियासँगै उत्पादित घ्यु नष्ट गरेका छौं ।

उद्योगी गोल्छा विरुद्ध गुणस्तरहिन घ्यु उत्पादन गरेर बिक्री वितरण गरेको अभियोगमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रक्रिया बढाइएको रिजालले बताउनुभयो । सुद्ध घ्युउत्पादन गरेर बजारमा बिक्री गर्ने गरि सम्बन्धित कार्यालय अनुमति लिइएको र खाद्य प्रविधिसँग समेत अनुज्ञापत्र लिँदा सुद्ध घ्यु उत्पादनकै लिइएको छ । तर, उद्योगले पुजाको घ्यु भन्दै प्याकेजिङ गरेर बजारमा पठाउँदै आएको पाइएको छ ।

हामीले सम्बन्धित धनीसँग बयान लिने क्रममा घ्युमा मिसावट गर्ने गरेको आफैं स्वीकार गर्नुभयो, प्रमुख रिजालले भन्नुभयो–भ्रमपूर्ण प्रचार, अस्वथ्यकर र असुद्ध घ्यु उत्पादन गरर उपभोक्तालाई ठगि गरेको प्रयोगशाला परीक्षण प्रतिवेदनमा समेत स्पष्ट उल्लेख भई आएको छ । उपभोक्ता ठगि गरेको अभियोगमा खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार पत्र तयार गरेर जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिसकिएको छ । प्रमुख रिजालका अनुसार मुद्दा प्रक्रिया अगाडी बढाईएसँगै उद्योगमा लगाइएको शिलबन्दी खोलेर भण्डारमा रहेको सबै घ्यु जफत गरि नष्ट गरिएको हो ।


उद्योगी गोल्छाले उपभोक्ताले आफ्नो उद्योगको उत्पादन खानका लागि नभई पुजाका लागि मात्रै प्रयोग गर्ने गरि स्पष्ट सूचनासहित बजारमा पठाउने गरिएको दावी गर्नुभयो । उहाँले पुजामा प्रयोग गर्ने प्रयोजनका लागि मात्रै उत्पादन अनुमति नपाएका कारण सुद्ध घ्युको अनुमति लिएर पुजामा प्रयोग गर्ने गरि बजारमा पठाउने गरेको बताउनुभयो ।  संयुक्त अनुगमन समितिले ५०० ग्रामको ४६ बट्टा, ४०० ग्रामको ३८ बट्टा, २०० ग्रामको ११ बट्टा र १ केजीको प्याक समेतको घ्यू जफत गरेर नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्