तस्करी गरेर भारत लैजाँदै गरेका ४७ वटा गाई गोरु पक्राउ

तस्करी गरेर भारत लैजाँदै गरेका ४७ वटा गाई गोरु पक्राउ

विराटनगर । मोरङ प्रहरीले धनपालथान गाउँपालिका–१ गडेरीयाबाट भारततर्फ अवैध रुपमा चोरि निकासी गर्ने तयारीमा रहेका ४७ वटा गाई र गोरु नियन्त्रणमा लिइएको छ ।

नेपालबाट भारततर्फ भन्सार छलि अबैध रुपमा गाई गोरु लगि रहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले गाई २९ वटा, बाछी १ वटा, गोरु १५ वटा र २ वटा बहर (बाछा) गरी जम्मा ४७ वटालाई नियन्त्रणमा लिइएको हो ।

भेटनरी क्वारेटाइनको सिफारिस नभएका अन्दाजी मूल्य ५ लाख २१ हजार बराबरको चौपाय नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्