पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका छन् ।
आफ्नै घर वरीपरी खेल्ने क्रममा यही कार्तिक ३० गते देखि अचानक हराईरहेका बालकको खोजतलास भईरहेकोमा आईतबार बिहान सवा १२ बजे उक्त ओढारमा मृत फेला पारिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमा पुगेर अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ ।