विराटनगरको गोग्राह मा.वि. परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने पक्राउ

<span class='c1'>विराटनगरको गोग्राह मा.वि. परीक्षा केन्द्रबाट</span> <span class='c2'>अर्काको नाममा परीक्षा दिने पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आलमले, हरिनगरा–१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्