बलात्कार आरोप लागेको सिद्धबाबालाई सुनसरी जिल्ला अदालतद्धारा सफाइ

<span class='c1'>बलात्कार आरोप लागेको सिद्धबाबालाई</span> <span class='c2'>सुनसरी जिल्ला अदालतद्धारा सफाइ</span>

विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार गिरीलाई सफाइ दिएको हो ।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाइ पाउने ठहर भएको जानकारी दिए । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो । सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।

तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन । एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्