विराटनगरमा जताततै फोहोरका डङ्गुर

विराटनगरमा जताततै फोहोरका डङ्गुर

एन्जु शिवाकोटी
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो ।

महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको थियो । उक्त ऐन अनुसार हानिकारक फोहोरमैला व्यवस्थापन नगरे फोहोरमैला उत्पादन गर्ने व्यक्ति तथा संस्थाले तोकिए बमोजिमको कारवाहि हुने प्रावधान रहेको छ । तर, फोहोर व्यवस्थित रुपमा उत्सर्जन नगर्ने प्रवृति र फोहार व्यवस्थापनमा भएको चरम लापरवाहीले गर्दा फोहोर शहरलाई फोहोरी र दुर्गन्धित बनाएको छ । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन परियोजना अन्तर्गत फोहोर व्यवस्थापनको काम गर्ने जिम्मा दिइएको छ ।

वेष्ट मेनेजमेन्ट प्रा.लि.ले विराटनगर महानगरपालिकाको फोहोरको व्यवस्थापन गर्दै आएको छ । तर, विराटनगरमा यो कम्पनिले भने जस्तो काम भने कहिल्यै पनि गरेको छैन । कम्पनिका निर्देशक देवी आचार्यले प्रत्येक व्यक्तिले फोहोर व्यवस्थापनमा प्रतिवद्धता जनाए मात्रै फोहोरमुक्त शहर बनाउन सकिने बताउनुहुन्छ ।
म आफू फोहोर जथाभावि फाल्दिन, के तपाई फाल्नु हुन्छ ? भन्ने प्रश्न एक पटक सबैले गर्नै पर्छ, फोहोरमैला व्यवस्थापन परियोजना प्रमुख आचार्यले ओबी मिडियासँग कुरा गर्दै भन्नुभयो, ‘स्थानीयवासीले फोहोर व्यवस्थापन राम्रो भएन भनेर सम्बन्धित निकायलाई प्रश्न गरिरहँदा उहाँहरुले पनि यो सोच्न जरुरी छ ।

मैले कति जिम्मेवारी वोध गरेको छु भनेर प्रत्येक व्यक्ति सचेत भए मात्रै शहर सफा हुनेमा उहाँको भनाई छ । ’फोहोर उठाउँदैमा नगर सफा हुन्छ भन्ने छैन, हामीले जथाभावी फोहोर नगरी निश्चित ठाँउमा थुपारेर राख्ने गर्यौं भने अवश्य विराटनगरसोचे जस्तै हुनेछ, आचार्यले भन्नुभयो ।
फोहोरमैला व्यवस्थापन समितिले आफ्नो काम जिम्मेवारीपूर्वक नगरेको स्थानीयको आरोप छ । विराटनगर १० निवासी एलिना श्रेष्ठ कोइरालाले खाली स्थान देख्नासाथ फोहोर डङ्गुर लगाउने गरिएको बताउनुभयो । उहाँले आफ्नै घर अगाडीको खाली जमिनमा फोहोर थुपारेर राखेका कारण पीडित बन्नु परेको बताउनुभयो ।


पटक–पटक यहाँको फोहोर उठाउन भन्दा पनि उठाउदैनन्, घरको फोहोर मात्र उठाउने गरेका छन् । फोहोर उठाउन आउने कर्मचारीहरुले घरहरुको मात्र उठाउने गरेका हुन् । बाटो छेउमा फालिएका फोहोरमौलाको व्यवस्थापन गर्ने जिम्मा चाहीँ कुन निकायको हो त ? स्थानीयवासी कोइरालाको प्रश्न थियो ।
विराटनगरमा रहेका ५२ हजार घर मध्ये फोहोर व्यवस्थापनका लागि पौसा तिर्ने १५ हजार घरधुरी पनि नभएको महानगरपालिका वातावरण शाखा प्रमुख हिरालाल यादव बताउनुहुन्छ । उहाँले विराटनगर ६ स्थित केसलिया खोलाको किनारलाई डम्पिङ एरिया तोकिएको जानकारी दिनुभयो । त्यहाँ पु¥याइएको फोहोरलाई खाडल खनेर पुरिने यादवको दावी छ ।

प्लाष्टिकजन्य फोहार छ भने त्यसलाई छानेर पुनः प्रयोगमा ल्याउन सकिने भएकाले प्रसोधनका लागि छानेर कवाडी कम्पनिलाई दिने गरिएको यादवले जानकारी दिनुभयो । जताततै देखिने प्लाष्टिकजन्य फोहोरले निम्त्याउने समस्या र त्यसको व्यवस्थापका सम्बन्धमा सम्बिन्धत निकाय मौन देखिन्छ । विराटनगर शहरमा देखिने प्लाष्टिकजन्य फोहोर हेर्दा सामान्य लाग्ने फोहोर देखिए पनि त्यसले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ ।

विराटनगरमा जताततै देखिने फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान खोज्न जरुरी छ । स्थानीय नागरिक सचेत हुन र सम्बन्धित निकायले पनि आफ्नो काम सहि तवरले गर्न जरुरी छ । एक पक्षले अर्को पक्षलाई जिम्मेवारी वहन गरेन भनेर आक्षेप लगाउनु भन्दा सहि तरिकाले घरमा उत्पादन हुने फोहोरको व्यवस्थापन गरिए समस्याबाट छिटो छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्