विराटनगरका वैभव नहाटा ग्लोकल टिन हिरो २०२० को फाइनलमा पुगेका छन्। देशभरका अन्य ६ किशोरकिशोरीका साथमा वैभव फाइनलमा परेका हुन् ।
वैभव विराटनगरका सक्रिय युवाको रूपमा चिनिन्छन् । मकालु टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा रहेका उनी युवाहरुको सिप विकासका लागि सक्सेस सोसाइटि इन्टरनेसनलका माध्यमबाट अभियान समेत संचालन गर्दै आएका छन् ।
दक्षिण एशियाकै सबैभन्दा ठूलो युवा सम्मानका रूपमा रहेको Glocal teen hero को लागि नेपालबाट ६ सय बीस जना किशोर किशोरीहरूले आवेदन दिएका थिए भने ती मध्ये २० जना छनोटमा परेका थिए। छनोटमा परेका टिनहरू मध्य छ जना फाइनल राउन्ड सम्म पुग्न सफल भएका छन्
टप ६ फाइनललिस्टबाट अगाडि बढ्दै नेपालबाट प्रतिनिधित्व गर्न वैभवलाइ एसएमएसबाट GTH VH लेखि 33001 मा पठाएर भोट गरेर सहयोग गर्न सकिन्छ ।
