शिक्षक हत्याको जिम्मेवारी विप्लव समूहले लियो, सुराकी आरोप

<span class='c1'>शिक्षक हत्याको जिम्मेवारी विप्लव</span> <span class='c2'>समूहले लियो, सुराकी आरोप</span>

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ निवासी शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मेवारी नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहले लिएपछि घटनास्थल क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । घटनास्थल क्षेत्रसँगै त्यससँग नजिक पर्ने संभावित क्षेत्रमा एकै पटक ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।


मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का आफैं घटनास्थल भएको क्षेत्रमा खटिएका छन् । भने मिक्लाजुङसँग सीमा जोडिएका पाँचथर, इलाम, धनकुटाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
श्रेष्ठ हत्याको जिम्मेवारी नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहले लिदैं मंगलबार विज्ञप्ती प्रकाशन गरेको छ । पार्टी विरुद्ध सुराकी गरेको आरोप लगाउँदै बारम्बार सच्चिनका लागि गरिएको आग्रह अस्वीकार गरेपछि हत्या गर्नु परेको विप्लव समूहले जनाएको हो ।


पार्टीका मेची–कोशी ब्यूरो इन्चार्ज प्रतापले शिक्षक श्रेष्ठ हत्याबारे विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिइएका छन् । विज्ञप्तीमा २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोशी ब्यूरोको बैठक बसिरहेको अवस्थामा प्रहरीलाई खबर गरेर दमन गरेको, २०७७ कार्तिक १२ गते ब्यूरो सदस्य काशीनाथ घिमिरे र विज्ञान राईलाई बसेको स्थानमा प्रहरी अप्रेशन गराएर नगद एकलाख लुटाएको जस्तो आरोप लगाइएको छ ।

यसैगरी विप्लवका कार्यकर्ता बसेका सेल्टर घरका नागरिकलाई गोली हान्ने धम्की दिने गरेको आरोप समेत श्रेष्ठ विरुद्ध लगाइएको छ । यसैगरी जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरीलाई खबर गरेर अवरोध गरेको समेत आरोप लगाइएको छ ।
विप्लव समूहले शिक्षक श्रेष्ठलाई २०७७ साल साउनदेखि नै सच्चिन गरेको आग्रह विपरित उनले सुराकी जारि राखेकोले हत्या गरिएको उल्लेख छ । इन्चार्ज प्रतापको विज्ञप्तीमा शिक्षक श्रेष्ठलाई सम्झाउन आएका कार्यकर्ता विरुद्ध हतियार लिएर आक्रमण गर्न खोजेकोले प्रतिकारमा मारिएको दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्