आगलागीबाट १३ लाखको क्षति

<span class='c1'>आगलागीबाट १३</span> <span class='c2'>लाखको क्षति</span>

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्