विराटनगरको केशलिया रोड नबनाएको भन्दै बाटैमा धर्ना (फोटो फिचर)

विराटनगरको केशलिया रोड नबनाएको भन्दै बाटैमा धर्ना (फोटो फिचर)

विराटनगर । विराटनगर ६ र ११ नम्बर वडाको साझा रुपमा मानिएको हुलाकी मार्ग केशलिया रोड लामो समयदेखी नबनाएको भन्दै स्थानियले बाटैमा धर्ना दिएर विरोध गरेका छन् । पटक पटक ३ नै तहका सरकारको ध्यानकषर्ण गराउदा पनि अहिलेसम्म कुनै वास्ता नगरेका कारण सो बाटोबाट भएर हिड्न अफठ्यारो भएको भन्दै स्थानियले विरोध जनाएका हुन् ।

स्थानियले विरोधस्वरुप बुधबार, बिहीबार, शुक्रबार भन्दाभन्दै आखिरमा कहिले केशलिया रोड बन्ने ? केशलिया मार्ग कुन देशमा ? यत्रतत्र केशिलया मार्ग अलपत्र जस्ता नारा अंकित व्यानर बोकेर विरोध गरेका छन् । विराटनगरको सबैभन्दा बढी नागरिक हिड्ने मूलबाटो भएका कारण कुनै पनि सरकारले नहेरेको स्थानिय ललन प्रसाद साहले बताए ।

सबैभन्दा बढी व्यस्त रहने सडकको मर्मत तथा सम्भारको लागी कुनै पनि सरकारले ध्यान नदिएका कारण स्थानीयले बर्षैँदेखी दुःख भोग्नु परेको छ साहले गुनासो गरे । आफुहरुले महानगरपाली, प्रदेश सरकार र सघिय सरकारको पनि पटक पटक ध्यानाकषर्ण गराईसेका छौ । तर, अहिलेसम्म कसैको ध्यान नपुगेपछि आफुहरु वाध्य भएर आजदेखी अनिस्थिच सडकमा बसेर विरोध गर्ने धर्ना कार्यक्रमका संयोजक अक्षय सहनीले बताए । यता मोरङ प्रहरीले सडक जाम गरेर बसेका स्थानियलाई बाटो अवरोधन नगर्न भन्दै पटक पटक सम्झाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्