जुनियर जेसिजको ९ औं राष्ट्रिय सम्मेलन आगामी हुने

<span class='c1'>जुनियर जेसिजको ९ औं</span> <span class='c2'>राष्ट्रिय सम्मेलन आगामी हुने</span>

विराटनगर । जुनियर जेसिजको ९ औं राष्ट्रिय सम्मेलन आगामी शुक्रबार र शनिबार हुने भएको छ । नेपाल जेसिज अन्र्तगत रहेको जुनियर जेसिजको ९ औं राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा आयोजना गरिने भएको हो ।  विराटनगर जुनियर जेसिजको आतिथ्यतामा हुने सम्मेलनमा नेपालभर रहेका २९ वटा शाखाका ३ सय बढी प्रतिनिधिको सहभागिता रहने विराटनगर जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष अंकित थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहभागिको दर्ताको काम सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा विभिन्न एकेडेमी अन्र्तगत तालिम तथा की नोट स्पीकरहरुले मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको कार्यक्रमका एकेडेमी डाईरेक्टर विराटनगर जुनियर जेसिजका पुर्वअध्यक्ष सन्दीपदास श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा ख्यातिप्राप्त प्रशिक्षकहरुबाट विभिन्न सेसनहरु सञ्चालन हुने बताईएको छ । राष्ट्रिय सम्मेलनमा नेपाल जेसिजका अध्यक्ष अशोक शंकर, संस्थापक अध्यक्ष डा. भेखबहादुर थापा, अन्र्तराष्ट्रिय जेसिज बर्ष २०२० का अध्यक्ष इटाही मानियार, सन् २०२१ का अध्यक्ष रुविन कोजिमा लगायतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको विराटनगर जुनियर जेसिजका अध्यक्ष थापाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्