दुहवीमा कोठा लिएर लागुऔषध कारोबार गर्दै आएका भारतीय नागरिकसहित ६ जना प्रहरी नियन्त्रणमा

<span class='c1'>दुहवीमा कोठा लिएर लागुऔषध कारोबार गर्दै आएका</span> <span class='c2'>भारतीय नागरिकसहित ६ जना प्रहरी नियन्त्रणमा</span>

इटहरी । भारतबाट लागुऔषध नेपाल भित्र्याएर सुनसरीको इटहरीमा बिक्री गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले आकस्मिक चेकजाँचका क्रममा इटहरी उप–महानगरपालिकाबाट भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले इटहरीको ६,९ र १३ बाट भारत दरभंगाका ओमप्रकाश यादवसहित पाँचजना नेपाली नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिक यादव सुनसरी दुहवीमा डेरामा बसेर लागुऔषधको कारोबार गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोरङको जदाहा गाउँपालिका ४ का उमेशकुमार मण्डल, इटहरी–८ बाट सनम बस्नेत, इटहरी– १२ खनारबाट सागर काफ्लेलाई नियन्त्रणमा लिइएको छ । अमर सरदार, प्रकाश सरदारलाई भने ओम प्रकाश यादवसँग लागु औषध किन्न आउने क्रममा पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो।

प्रहरीले ट्रमाडोल हाइड्रोक्लोराइड आईपी ५० एमजीको १२ हजार ९६० क्याप्सुल, प्लानोकुफ १०० एमएल ३० बोतल, नेटाभेट एक हजार ६५० ट्याब्लेट, स्पास पेन २४० क्याप्सुल, मोवायल ६ थान र ८ हजार ३५ नगद समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्