झापा । झापाको अर्जुनधारा नगरपालिका–१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
बिहिवार राती १० बजेको समयमा ठक्कर दिएपछि उपचारका बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा भर्ना गरिएको उनको लागि राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।