विराटनगरमा भारतिय नोट सहित एकजना पक्राउ

<span class='c1'>विराटनगरमा भारतिय नोट</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने एकजनालाई भारतीय रुपैँयासहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट ५०० को नोट ३९० थान, २००० को नोट २ थान बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्