लेनदेन बिगो मुद्दामा श्रीमान्-श्रीमती विराटनगरबाट पक्राउ

लेनदेन बिगो मुद्दामा श्रीमान्-श्रीमती विराटनगरबाट पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ कोशी प्रोजेक्टबाट लेनदेन बिगो मुद्दामा फरार रहेका श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको छ ।
कोशी प्रोजेक्टका ६८ वर्षीय रुपनारायण पौडेल र सितादेवी पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङको २०७४ माघ २३ को फैसला र उच्च अदालत विराटनगरको २०७५ फागुन २८ गतेको फैसला अनुसार पौडेल दम्पती विरुद्ध ६ लाख ७ हजार ४६७ रुपैँया नगद र एकवर्ष कैद सजाय ठहर गरिएको थियो । अदालतले लेनदेन बिगो मुद्दामा दोषी ठहर गर्दै फैलसा सुनाएपनि पौडेल दम्पती फरार रहँदै आएका थिए ।

प्रहरीले महानगरपालिका १२ कोशी प्रोजेक्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका उनीहरुलाई अदालतमा बुझाउने प्रक्रिया अगाडी बढाइएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्