८ महिनादेखी बन्द रहेका ‘चलचित्र हल’ खोल्न हल संचालकको सरकारलाई दवाब

८ महिनादेखी बन्द रहेका ‘चलचित्र हल’ खोल्न हल संचालकको सरकारलाई दवाब

प्रेम देवान
विराटनगर । बिगत ८ महिनादेखी बन्द रहेका चलचित्र हल यथासिघ्र चलाउन दिनुपर्ने नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखाले सरकारसँग माग राखेको छ ।

 

[caption id="attachment_131375" align="alignnone" width="640"] नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखा ईटहरीमा संघको शनिबार बसेको बैठकपछि सामुहिक तस्वीर खिच्दै सघका पदाधिकारीहरु ।[/caption]

नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखा ईटहरीमा संघको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  कोरोना भाईरस कोभिड १९ का कारण ८ महिनादेखी थलिएको सिनेमा घरका संचालकहरु यतिबेला हलमा लगाएको लगानी निल्नुन ओकल्नुको अवस्थामा पुगेको गुनासो गरिरहेका छन् ।
सरकारले अन्य सबै किसीमका व्यावसाय संचालन गर्नदिएको छ, तर हललाई भने अहिले सम्म कुनै पनि निर्णय नगरेको चलचित्रकर्मी तथा हल संचालकहरुको भनाई छ ।

[caption id="attachment_131376" align="alignnone" width="468"] नेपाल चलचित्र पूर्वाअञ्चल शाखा संयोजक चैतन्य बराल[/caption]

यसैविच ईटहरीमा शनिबार बसेको बैठकले अविलम्ब अबको १५ दिनभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग राखेका छन् । अबको १५ दिनभित्र हल संचालन गर्न कुनै राज्यले कुनै पनि निर्कष ननिकाले पूर्वाअञ्चल चलचित्र शाखाले केन्द्रसँग समन्वय गरेर हल आफै चालउने नेपाल चलचित्र पूर्वाअञ्चल शाखाका संयोजक चैतन्य बरालले जानकारी दिनुभयो । ‘सबै व्यावसाय चलायमन छन्, ‘तर हलहरुलाई भने राज्यले सौताको व्यावहार गरिरहेको छ।’८ महिनादेखी थलिएको हाम्रो व्यावसायलाई उठाउन निकै मुस्किल भईसकेको छ ।


अग्रेजी महिनाको नयाँ बर्ष अगाडीदेखी नै हल सचालन गर्नदिए चलचित्र हल व्यावसायीहरुलाई केही राहत मिल्ने बरालले बताउनुभयो । लामो समयदेखी बन्द रहेका सिमा नाका खोलिदिए नयाँ बर्षमा भारतबाट अधिकास भारतिय पर्यटक आउने बराललको दावी छ । सरकारले हल संचालन दिए स्वास्थ्य प्रोटोकल पालना गरि हल संचालन गर्ने हल व्यावसायीहरुको भनाई छ ।

यता हल संचालक तथा चलचित्र व्यावसायीहरुले सरकारले हल संचालन गर्न दिएको समयदेखी २ बर्ष सम्म राज्यलाई कर नबुझाउने समेत निर्कषमा पुगेका छन् । हाल पूर्वाअञ्चलमा २३ वटा ठूला तथा साना सिनेमा हल संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्