गोदाम छिर्दै कपडा बरामद गर्दै मोरङ प्रहरी

गोदाम छिर्दै कपडा बरामद गर्दै मोरङ प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका कपडा व्यापारीको गोदाम केन्द्रीत छापा अभियान सुरु गरेको छ । विराटनगर–७ का तरुणकुमार रौनियारको गोदाममा छापा हानेर ३३ लाख बढीको कपडा बरामद गरेको केहि दिन नबित्दै अर्को गोदाममा समेत छापा हानेको छ ।

प्रहरीले विराटनगर–६ सरोचियाका आशिफ खानले घरको कोठामा भण्डारण गरेर राखेको अवैध कपडा समेत बरामद गरेको हो । शनिबार साँझ खानको घरमा अवैध रुपमा भित्र्याई भण्डारण गरिएको १ लाख ६२ हजार मूल्य बराबरको कपडा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

अवैध रुपमा भित्र्याएको कपडा लुकाएर राखिएको सूचना पाएपछि प्रहरीले गोदाममै छापा हानेको थियो । त्यस क्रममा गोदाममा छापा हानेर २४ वर्षीय खानलाई समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीले खानको गोदामबाट २४० थान स्वेटर, ८४ थान लेडिज सुरुवाल र १५ थान कुर्ती बरामद गरेको हो । पक्राउ परेका खानसहित उक्त कपडा भन्सार कार्यालय बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्