प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औ बार्षीकोत्सव कार्यक्रम सम्पन्न

<span class='c1'>प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको</span> <span class='c2'>५५ औ बार्षीकोत्सव कार्यक्रम सम्पन्न</span>

बिराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आइतबार बिहान सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्रले ५५ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पुर्ण परिवारलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा बोल्दै कार्कीले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागी प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो । वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले “अग्रजहरुलाई सम्झी रहनु पर्दैन, केवल ब्यवसायीक योगदानहरुलाई नबिर्सीदिए पुग्छ” भन्ने बाक्यांशलाई हृदयंगम गर्दै बिगतमा बिशिष्ट योगदान पुर्‍याउनु हुने पूर्व प्रहरी नायव निरीक्षक कुमार महर्जनलाई सम्मान गरेको थियो ।

यसैगरी प्रहरी नायव महानिरीक्षक कार्कीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस (डबल), ब्याडमिन्टन (डबल), हण्डीफोर प्रतियोगिया र म्युजिकल चियरमा प्रथम तथा द्धितिय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो ।

यसैगरी तालिम केन्द्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी नायव उपरीक्षक बिनोद शर्मा, प्रहरी निरीक्षक भिम बहादुर खड्का, प्रहरी नायव निरीक्षक लक्ष्मी प्रसाद घिमिरे र बुद्धीराज दराई, प्रहरी सहायक निरीक्षक टेकबिर बि.क., प्रहरी हवल्दार आशाराम चौधरी, प्रहरी जवान रीता राई, दुर्गा राई, दावा तामाङ तथा प्रहरी कार्यालय सहयोगी दिपेश मालीलाई पुरस्कृत गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक बिनोद शर्माले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा आजका मितिसम्म आईपुग्दा आधारभूत, उन्नत, अनुशिक्षण तथा प्रत्यास्मरण समेत गरी कुल ७७ हजार ९४ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरी सकिएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक टेक बहादुर तामाङले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालीम केन्द्र निरन्तर अगाडी बढि रहेको बताउनु भएको थियो । साथै बार्षिक उत्सवकै अवसरमा तालिम केन्द्र परिसरमा बृक्षारोपण समेत गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्