विराटनगर । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी रुपमा गर्ने विरोध प्रदर्शनका क्रममा विराटनगरमा दश हजार कार्यकर्ता उतार्ने दावी गरिएको छ । नेपाली काँग्रेसले विराटनगरको प्रदर्शनलाई अन्य क्षेत्रको भन्दा महत्वमा राख्दै सरकार विरुद्ध सडकमा शक्तिप्रदर्शन गर्ने भएको हो ।
काँग्रेस विराटनगरका कार्यवहाक सभापति अरुण न्यौपानेले सरकार विरुद्ध सबैभन्दा ठूलो शक्ति प्रदर्शन गर्ने तयारी गरिएको बताउनुभयो । सरकारको कार्यशैली विरुद्ध काँग्रेसले देशभर सोमबार शक्तिप्रदर्शन गर्ने निर्णय गरेको छ, कार्यवहाक सभापति न्यौपानेले भन्नुभयो–विराटनगरबाट सरकारको कार्यशैली सच्याउन सन्देश दिनेछौं ।
विरेन्द्र सभागृहबाट सुरु भएको विरोध ¥याली गोल्छा चौकबाट मेनरोड, वडा प्रहरी कार्यलय हुँदै महेन्द्र चौकमा पुगेर कोणसभामा परिणत हुनेछ । कोणसभालाई सम्बोधन गर्न कांग्रेसका महामन्त्री सशांक कोइराला, केन्द्रिय सदस्य गुरुराज घिमिरे लगायतका नेताहरु आउने न्यौपानेले जानकारी दिनुभयो ।
‘सरकारको अधिनायकवादी सोचलाई हटाउन प्रदर्शन गर्नुपर्ने अवस्थाको सृजना भएको हो’ न्यौपानेको भनाई थियो–यो सरकार असफलतातर्फ धकेलिदैं गएको छ र भ्रष्टचारको दलदलमा समेत फसेको छ ।