विराटनगरको इक्राहीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

विराटनगरको इक्राहीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका– ४ इक्राहीमा आइतबार राति भएको ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

भित्री सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर राति १०ः२० बजेतिर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरी गम्भीर घाइते भएका थिए । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि कोशी अस्पताल लैजाँदै गर्दा चौधरीको बाटैमा मृत्यु भएको हो ।

सडकमा गुडिरहेको ट्याक्टर नियन्त्रण गुमाएर सडकबाट लगभग १० फिट तलको नहरमा खस्दा दुर्घटना भएको पोदारको भनाइ छ । ट्याक्टरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्