भारतबाट अवैध भित्र्याइएको ट्याक्टर र २४ क्विन्टल चिनी बरामद

<span class='c1'>भारतबाट अवैध भित्र्याइएको ट्याक्टर र</span> <span class='c2'>२४ क्विन्टल चिनी बरामद</span>

विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रएको २४ क्विन्टल चिनी बरामद गरेको छ । मोरङ धनपालथान गाउँपालिका ४ बस्ने सुनिल राजबंशीको गोदाम अगाडी बरण्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्यार नेपाली बोरामा पल्टी गरि रहेको चिनी बरामद गरिएको हो ।

प्रहरीले गोदामबाट ४९ बोरा (२४६० केजी) अन्दाजी बजार मुल्य १ लाख ४७ हजार बराबरको चिनी बरामद गरेको छ । प्रहरीले चिनी पल्टी गरिरहेको अवस्थामा रहेका ४ जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । यसैगरी चिनी ल्याउन प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरि आवश्यक कारवाहीका लागि विराटनगर भन्सारमा बुझाउने काम गरिरहेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले रंगेली नगरपालिका १ का अभिषेककुमार साह, धनपालथान २ का दिपककुमार मण्डल, अर्जुनकुमार मण्डल र रुपेश मण्डललाई समेत नियन्त्रणमा लिइएको । उनीहरुलाई चिनी पल्टी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । प्रहरीले को १८ प ५७४३ ग्ल्यामर, को २२ प १६४४ सुपर स्पिलेण्डर, को ११ ६६५९ सुपर स्पिलेण्डर मोटरसाइकल समेत बरामद गरेको प्रवक्ता राईले जानकारी दिनुभयो ।

ट्रयाक्टर समेत बरामद
प्रहरीले मोरङ सुनवर्सी नगरपालिका ७ गुद्री चोक स्थितमा भारतवाट नेपालतर्फ अबैध रुपमा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ट्याक्टर समेत बरामद गरेको छ । सोह्रलाख बराबरको ट्रयाक्टर प्रहरी चौकी बरडंगाबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्