विराटनगर । मोरङ बिराटनगर–१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ । मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा गम्भिर घाईते उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई–७ का बिक्रम साह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।