रंगेली । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । मुख्यचोकमा रहेको पारस किराना पसलमा आगलागी हुँदा दुई तल्ले घर, गोदमासहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, रिचार्ड काड ५ लाख बराबर, नगद २५ लाख, सुन १८ तोला , चाँदी ८० तोला , लत्ताकपडा, किराना पसलमा रहेको कन्फेक्सनरी र लत्ताकपडा समेत जलेर नष्ट भएको छ ।
प्रहरीको प्रारम्भिक अनुमानमा आगलागीबाट २ करोड बराबरको क्षति भएको छ । राति १ बजे बिधुत सटभई आगो सल्केको अनुमान गरिएको छ । आगो बिहान ६ बजे प्रहरी , स्थानीयवासी, बिराटनगर, रंगेली, सुन्दहरहरैँचा, बेलबारी, कानेपोखरी र दमकका गरी ६ वटा बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताउनुभयो ।