विराटनगरका विद्यालय खुल्न थाले, ‘न मास्क, न त सामाजिक दुरी’ विद्यार्थीलाई जोखिम

विराटनगरका विद्यालय खुल्न थाले, ‘न मास्क, न त सामाजिक दुरी’ विद्यार्थीलाई जोखिम

प्रेम देवान
विराटनगर । सात बुँदे विद्यालय संचालन सम्बन्धी निर्देशिका जारी गर्दै आगामी पुष २ गतेदेखी महानगर क्षेत्रका विद्यालय संचालन गर्न विराटनगर महानगरपालिका शिक्षा समितिले अनुरोध गरेको थियो । तर, त्यसको खिल्ली उडाउँदै विराटनगरका केही विद्यालयले भने पुष २ गते अगावै विद्यालय संचालन गर्न थालेका छन् ।

कोरोना भाईसर (कोभिड–१९) को उच्च जोखिमकबीच महानगर क्षेत्रका केही सामुदायिक तथा निजी विद्यालयहरु केही दिनदेखी संचालनमा रहेका हुन् । विराटनगर १३ मा रहेको ताजुल ईस्लाम प्रस्तावित नमूना आधारभुत विद्यालय एक साता अगाडी देखी नै संचालनमा छ ।

विद्यालयमा उपस्थित विद्यार्थी तथा शिक्षकले कुनै स्वास्थ्य मापदण्ड लागु गरेको भेटिएन । न त शिक्षकले मास्क लगाएका छन् न त विद्यार्थीहरुले नै ।

महानगर शिक्षा समितिले जारी गरेको सात बुँदे विद्यालय संचालन निर्देशिकामा अनिवार्य मास्क, सेनिटाईजर, ज्वारो मापन देखी हातधुनेको व्यावस्था गर्न भनिएको छ । तर, उत्त आधारभुत विद्यालयमा भने कुनै पनि स्वास्थ्य मापदण्डका कुरा लागु नगरिएको हो ।
विद्यालयमा सहभागी विद्यार्थी एउटै बेन्चमा टाँसिएर बसेका दृष्य देख्न सकिन्थ्यो । उनीहरु कसैले पनि मास्क लगाएका देखिदैन थियो । जब आवर विराटनगरको टिम पुग्यो तब शिक्षक शिक्षिकाहरु हतार हतार मास्क लगाउन विद्यार्थीहरुलाई आग्रह गरिरहेका थिए ।
यता विद्यालयका शिक्षिका गायित्री ठाकुरले भने विद्यार्थी र अभिभावकलाई नै दोष ठहराउँदै आफु जोगिन लाग्नुभयो । दैनिक हामी विद्यार्थीलाई मास्क दिन्छौ फेरी फालिहाल्छन्, यसका लागि त अभिभावले पनि भन्नुपर्ने होनी ठाकुरको यस्तो तर्क थियो ।

विद्यालयमा अहिले जाडो भएका कारण विद्यार्थीहरु कम आएका छन् । अहिलेलाई ट्यूसन जस्तो मात्र पढाएको विद्यालयका प्रधाननाध्यापक मौलान शमसुल हकले बताउनुभयो । ‘विद्यार्थीहरुलाई मास्क दिए कै हो अब विद्यार्थीले मास्क फाल्यो भने यसमा हाम्रो के दोष हुन्छ र शमसुल हकको जवाफ थियो ।

यता विराटनगर १२ मा रहेको होलिल्याण्ड स्कुलले पनि २ गते अगावै विद्यालय संचालन गरेको छ । विद्यालयमा विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराई पढाउदै आएको हो । स्कुलका भ्वाइस प्रिन्सिपल उज्जल गौतमका अनुसार सुरुमा ९ र १० कक्षालाई मात्र पढाइएको थियो, पछि अभिभावकको सरसल्लाह अनुसार अन्य कक्षा पनि संचालन गरिएको गौतमको भनाई छ ।

स्कुलका भाईस प्रिन्सीपल गौतमले कक्षामा आफुहरुले भौतिक दुरी कायम गर्दै पढाएको भनिएता पनि कक्षामा गएर हेर्दा खासै त्यस्तो भेटिएन । प्रत्येक विद्यार्थीले मास्क लगाएको देखियो तर बेन्चमा भने भौतिक दुरी कायम गरेको भने देखिएन । जब आवर विराटनगरको टिम पुनः उत्तm स्कुलमा पुग्दा शिक्षकहरुले हतार हतार विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गर्दै बस्न आग्रह गरिरहेका थिए ।
कोरोना भाईस (कोभिड–१९) को उच्च जोखिमका कारण गत चैत्र ५ गतेदेखी बन्द रहेका केही विद्यालयहरुले भने अनलाइन कक्षा संचालन गरिरहेका छन् । कतिपयले भौतिक रुपमा नै कक्षा संचालन गरिरहेका छन् ।

महानगर शिक्षा समितिका प्रमुख दुर्गा खतिवडाले भने विद्यालय संचालन सम्बन्धी स्वास्थ्य मापदण्ड पुरा गरेको नगरेको बारे अनुगमन गर्ने र यदि कुनै पनि विद्यालयले नगरेको भेटिए पालन गराउन लगाउने दावी गर्नुभयो ।
महानर शिक्षा समितिले लागु गरेको स्वास्थ्य मापदण्ड पटक पटक अनुगमन गर्दा पनि अटेर गरेको भेटिए र सो कारणले विद्यार्थीमा कुनै पनि रोगका संक्रमण देखा परे तत्काल त्यस्ता विद्यालयलाई भने कारबाही गरिने खतिवडाले बताउनुभयो ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ । देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन आग्रह गरेको छ ।
अझै पनि घरमै बसिरहेका कतिपय बालबालिकालाई संक्रमण देखिरहेका कारण तत्काल विद्यालय खोल्न हतार गर्न नहुने स्वास्थ्यविज्ञहरुको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्