मोरङका दुईजना संक्रमितको विराटनगरका अस्पतालमा मृृत्यु

मोरङका दुईजना संक्रमितको विराटनगरका अस्पतालमा मृृत्यु

विराटनगर । कोरोना भाइरस संक्रमित मोरङका दुई जनाको मंगलबार राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा दुई संक्रमितको मृत्यु भएको हो । उपचारका क्रममा मोरङको सुन्दरहरैँचाका २२ वर्षीय पुरुष युवा र पथरीशनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ ।

 

सुन्दरहरैँचा नगरपालिका–३ का पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१ की वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्