मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

इटहरी । सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरिएको छ ।
चार दिन अगाडी गत २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलवार राती ८ बजे ईटहरी–९ बाट पक्राउ गरेको हो ।

उनीहरुले नम्बर प्लेट परिवर्तन गरेर कुदाईरहेको अवस्थामा मोटरसाईकल फेला पारिएपछि झापाको डाँगिवारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी समेतलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्