विराटनगर र दुहवीमा लागुऔषध गाँजा र ट्याब्लेट सहित तीनजना पक्राउ

<span class='c1'>विराटनगर र दुहवीमा लागुऔषध गाँजा</span> <span class='c2'>र ट्याब्लेट सहित तीनजना पक्राउ</span>

विराटनगर । बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिडिरहेका केरावारी गाउँपालिका–१० का २४ बर्षीय रबिन बि.क. र लेटाङ नगरपालिका–३ का २५ बर्षय रितेश परियारलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध नाईट्राभेट ट्याब्लेट २० चक्की र डाईजेल्याब २८ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसैगरी सुनसरीको दुहवी नगरपालिका–९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका हुन् ।
ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्