प्रदेश १ प्रहरीको प्रगति : चार महिनामा दुई हजार १०७ मुद्दा, एघार करोड राजश्व

<span class='c1'>प्रदेश १ प्रहरीको प्रगति : चार महिनामा</span> <span class='c2'>दुई हजार १०७ मुद्दा, एघार करोड राजश्व</span>

बिराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १४ जिल्लामा चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा दुई हजार १०७ वटा मुद्दा दर्ता भएका छन् । विभिन्न शिर्षकमा यस अवधीमा प्रहरीले ११ करोड रुपैँया राजश्व संकलन गरेको छ । प्रहरीले यस अवधीमा समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालित भएको समिक्षा गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डिआईजी) इश्वरबाबु कार्की तथा प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता गरेर सुरु गरिएको अभियान सफल भएको दावी प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कार्कीले दावी गर्नु भएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधीमा २ हजार १०७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको कार्कीले जानकारी दिनुभयो । यसैगरी फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी ३०० बर्ष कैद भुक्तान र १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन जनाइएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन गरिएको छ । नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गर्नुका साथै १२८४ क्यू.फिट. काठ बरामद गरी १४ लाख ९०० राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्