झापाको दमकमा भायनेटको २५ औं सेवा केन्द्र

झापाको दमकमा भायनेटको २५ औं सेवा केन्द्र

दमक । झापाको दमक बाट भायनेटले आफ्नो २५ औं सेवा केन्द्र सुभारम्भ गरेको छ । कम्पनीले आफ्नो अफ्टिकल फाईवरबाट सेवा सुरु गरेको हो । दमक नगरपालिका ५ बिकास टोलमामा भायनेट दमक सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । दमक ५ का वडा अध्यक्ष इन्द्र गुरूङ्गले त्यो केन्द्रको उद्घाटन गर्नु भएको थियो । अध्यक्ष गुरुङले बजारमा नयाँ कम्पनीले सेवा विस्तार गरेसँगै उपभोक्ताले त्यसको भरपुर प्रयोग गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।

भायनेटले इन्टरनेट र केवुलको दुवै सेवा प्रदान गर्ने गरेको छ । निम्न र मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी सबैले उपयोग गर्न सकून् भन्ने उद्येश्यले फाइबर सहितको इन्टरनेट सेवा ल्याएको कम्पनीका शाखा प्रबन्धक नवीन चापागाईले बताउनुभयो । भायटिभी, भायसेक्योर , अल्ट्राबुस्टजस्ता सेवाका प्रकारहरु उपलब्ध अहिले उपलब्ध रहेको चापागााँईले जानकारी दिनुभयो ।
देशभरमा प्रभावकारी रुपमा ईन्टरनेट सेवा भायनेटको हाल एक लाख बढी ग्राहक रहेको कंम्पनीले जनाएको छ । फाइबरसहितको इन्टरनेट सेवा दिनका लागि अहिले दमकमा फाइबर बिछ्याउने काम भइरहेको बताउँदै चापागाईले दुई वर्षभित्र जिल्लाभरि फाइबर पुर्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्