औषधी व्यवसायी संघ मोरङको उपसमिति संयोजकमा धिमाल

औषधी व्यवसायी संघ मोरङको उपसमिति संयोजकमा धिमाल

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपसमिति गठन गरेको छ । व्यवसायीहरूमा आइपर्ने समस्याको सावधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानिय तहलाई समेटेर उर्लाबारीमा उपसमिति गठन गरेको हो ।

उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेका औषधी व्यवसायीहरूको मंगलबार भएको भेलाले उपसमितिको संयोजकमा देबेन्द्र धिमाल चयन हुनुभएको छ । धिमालको संयोजत्वमा सात सदस्य समिति सर्वसम्मत रूपमा गठन भएको हो । समितिको उपसंयोजक दिल्ली प्रसाद दाहाल रहनुभएको छ । उपसमितिको अन्य सदस्यहरूमा लक्ष्मी कुमारी आचार्य, दिनेश भट्टराई, पशुराम बस्नेत, लोलिम लिम्बु र राम तिम्सिना रहुनभएको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा गएको पदाधिकारीहरूले पूर्वी क्षेत्रको तीन वटा स्थानिय तहको विभिन्न ठाउँमा रहेका व्यवसायीहरूलाई समेटर उपसमिति बनाएको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष तिम्सिनाले औषधी व्यवसायमा देखिएको बिकृती बिसंगतीहरूको अत्य गरि मर्यादित व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिनुभयो । संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले विराटनगर बाहेक नेपाल औषधी व्यवसायी संघ मोरङको पाँच वटा उपसमिति गठन हुने जानकारी दिनुभयो । मोरङको पूर्व क्षेत्रको तीन वटा स्थानिय तहमा रहका औषधी व्यवसायीहरूलाई समेटर उर्लाबारीमा संघको पहिलो पटक उपसमिति गठन भएकोले आउँदा दिनमा अन्य क्षेत्रमा पनि क्रमश उपसमिति बन्दै जाने ढकालले बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, सचिब हरिराज रेग्मी, उपकोषाध्यष पुष्पराज पोखरेल, सदस्यहरू प्रकाश धिमाल, गणेश थापा, उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेका औषधी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्