प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । इलका प्रहरी कार्यालय उर्लाबारीलाई संघले मंगलबार स्वास्थ्य सामाग्री बितरण गरेका हुन् ।

जनताको सुरक्षामा अवरात खटिने प्रहरीलाई संघले सेनिटाइजर, सर्जिकल माक्सलगायतका अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले इलका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धब पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । संघले यसअघि पनि कोरोना भाइरस संक्रमणबाट जोगिन मोरङ प्रहरीसहितका मातहतमा ६ वटा इलका प्रहरी कार्यालयहरूमा स्वास्थ्य समाग्री वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्