विराटनगरमा कोरोना संक्रमण : ‘नो चेक, नो केस’

विराटनगरमा कोरोना संक्रमण : ‘नो चेक, नो केस’

प्रेम देवान

विराटनगर । विराटनगरमा पहिलो पटक जेठ ४ गते २ जनामा कोरोना संक्रमण देखापर्यो । पहिलो पटक विराटनगरमा कोरोना संक्रमण फेला पर्नासाथ आमनगरवासी अत्तालिएका थिए । त्यसपछि लगातार कोरोना एकपछी अर्को गर्दै संक्रमणको सख्या बढ्न थाल्यो ।
नभन्दै जेष्ठ १९ गते विराटनगरमा पहिलो पटक एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । अलिअलि अत्तालिएका नगरवासी जेठ १९ गते पहिलो पटक कोरोना संक्रमणकै कारण नागरिकको मृत्यु भएपछि झन् अत्तालिएका थिए । तर, ८ महिनापछि विराटनगरको अवस्था आज आएर सामान्य बनिसकेको झैं लाग्छ । लाग्छ नगरबासीले कोरोनालाई पचाई सकेका छन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाको तथ्याङ्गक अनुसार पुष २ गते सम्मको ७ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । महानगरपालिकाले १८ हजार २७८ जनाको पिसिआर चेक गर्दा ७ हजार बढीमा कोरोना सक्रमण देखा परेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

वडागत तथ्यांक अनुसार सबैभन्दा धेरै संख्यामा विराटनगर महानगरपालिका वडा नं ३ मा कोरोना सक्रमितको संख्या देखिएको छ भने सबैभन्दा कम विराटनगर १८ मा कम छ । जनस्वास्थ्य महाशाखाका अनुसार वडा नं. ३ मा ९४४ जना कोरोना सक्रमित भेटिएका थिए भने वडा नं. १८ मा मात्र १७ जनामा कोरोना संक्रमण देखा परेको थियो । यता विराटनगर महानगरपालिकामा मृत्यु हुनेको संख्या ८३ जना रहेका छन् । पछिल्लो समय विराटनगरमा संक्रमितको संख्या एकाएक घटेको हो भन्ने महानगरले दावी गरिरहदाँ आम नगरिकले भने परीक्षण नगरेका कारण यस्तो भएको बताउँदै आएका छन् ।

महानगरले रोक्यो स्वाब संकलन कार्य

विराटनगरको मेनरोड स्थित जैन भवनमा महानगरपालिकाले गत बैशाख ५ गतेबाट संचालन गर्दै आएको स्वाव संकलन कार्य स्थगन गरेको छ । गत पुष १ गते सुचना जारी गर्दै पुष २ गतेबाट स्वाव संकलन अर्को सुचना जारी नहुन्जेल स्थगन गरेको जनाएको हो ।

यता जैन भवन प्रशासनले पनि महानगरलाई पटकपटक स्वाब संकलनको केन्द्र हटाउन आग्रह गर्दै आएको थियो । जैन भवनमा मारवडी समुदायको विवाह समारोह लगायतका साँस्कृतिक कार्यहरु हुदै आएका थिए । जैन भवन प्रशासनबाट प्रदेश १ सरकार र महानगरपालिकालाई पटक पटकको दवाबपछि महानगरले अर्को सुचना जारी नभएसम्म हालको स्वाब संकलन कार्य स्थगन गरेको जनाएको छ ।

विराटनगर प्रदेश नं. १ कै सबैभन्दा बढी कोराना संक्रमण फैलिएको स्थान हो । विराटनगर महानगरपालिकाले सक्रिय रुपमा स्वाव संकलन गरेको बेला ५ सय सम्म कोरोना संक्रमित फेला परेका थिए । समुदायस्तरमा फैलिएको कोरोना सक्रमणको सख्या एकाएक घटेको महानरले दावी गरेको छ । नेपाल सरकारले लक्षण देखाएकालाई मात्र कोरोना परीक्षण गर्ने निती ल्याएको छ । पछिल्लो समय त्यतिकै परीक्षण गराउन आउनेको संख्या समेत घटेको छ ।

महानगरपालिकाका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख दिलिप कुमार यालवका अनुसार सुरुका दिनमा विराटनगरमा कोरोना संक्रमणको सख्या अत्याधिक बढेको थियो तर पछिल्लो समय आम नागरिकहरु पनि कोरोनाबाट सचेत र सजक भएकाले संक्रमण घट्दै गएको हो । यादव भन्छन्, कोरोनाको लक्षण देखिनसाथ नागरिकहरु अब आफै सचेत भएर लक्षणसँग लड्न जुध्न थालीसके, अब मानिसहरुको मानसिकता पनि कोरोना केही हैन भन्ने भईसकेको छ ।

नागरिक भन्छन् – नो चेक नो केस

विराटनगर ५ सम्झना चौकका सामाजिक अभियन्ता आभाष फुयाल भन्छन्, ‘महानगरमा अहिले कोरोना चेक नै नभएपछि कहाँबाट केस हुन्छ त ! प्रदेश १ कै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको शहर बिराटनगरमा परिक्षण गर्यो भने केस देखिन्छ फुयालको दावी थियो । तर, आम मानिसहरु पनि परीक्षण गर्न छाडीसके त्यही भएर विराटनगरमा कोरोनाका सख्या घटेको हो ।

यस्तै पब्लीक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङगेलको भनाई पनि उही छ कोरोना संक्रमितहरु बजारभरी घुमिरहेका छन् । महानगरले चेक गर्ने वातावरण नै हटाई सक्यो । भोलिको दिनमा अझ माहामारीको रुपमा फैलन सक्ने डर छ । अब महानगरमा चेक नै नभएपछि पछि कसरी केस बढ्छ त ।

अब मोबाईल भेनबाट स्वाव सकंलन

विराटनगर महानगरपालिका भित्र कोरोना संक्रमण भेटिए अब मोवायल भेनबाट स्वाब संकलन थालिएको छ । विराटनगर मेनरोड जैन भवनमा राखिएको स्वाव संकलन केन्द्र हटिसकेपछि अहिले महानगरको स्वास्थ्यकर्मीहरुको टोली घर घरमा पुगेर स्वाव संकलन गर्न थालेका छन् । कोरोना संक्रमण लागेको लक्षणदेखिए फोनमार्फत सम्र्पक गरी स्वाव संकलन गर्न सकिने महानगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्