प्रदेश १ को १८ स्थानीय तहमा स्किम बैंक

प्रदेश १ को १८ स्थानीय तहमा स्किम बैंक

प्रदेश नं. १ सरकारले नौ जिल्लाका १८ स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो ।सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यान्वयनमा लैजान मन्त्रालयका पदाधिकारीलाई आज निर्देशन दिँदै पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रम प्रभावकारी बनाउन जोड दिनुभयो ।

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सूर्योदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङलुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसीलाई छनौट गरेको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग आज स्किम बैंक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम गरेको छ ।

पूँजी-अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्कीम नभएका युवाहरुलाई अनुकूलका उद्यम गर्नका लागि स्किम दिने गरी कार्यक्रम शुरु गर्न लागिएको अधिकृत गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सीपमूलक तालीम कार्यक्रम सञ्चालनका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ । तालीम स्थानीय तहको मागबमोजिम सञ्चालन गरिने उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने शाखा अधिकृत गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्