विराटनगरको एक घरमा आगलागी हुँदा १४ वर्षीय बालकको जलेर मृत्यु भएको छ । विराटनगर–१४ र १८ को बीचमा पर्ने झटियाईमा आज राती १२ बजे आगलागी हुँदा १४ वर्षीय बालक रविन दास तक्काको जलेर मृत्यु भएको हो ।
आगलागीमा परि ३२ वर्षीया इन्द्रदेवी तक्मा र ७ वर्षीय किसनकुमार दास तक्मा सामान्य घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार घुर ताप्न बालेको आगोबाट फुसका घर जलेका हुन् । त्यस क्रममा एकजना बालकको जलेर मृत्युभएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
आगो दमकल र प्रहरीले बिहान नियन्त्रणमा लिइएको थियो । थप क्षति हुनबाट जोगिएको छ, प्रहरी निरीक्षक थापाले भन्नुभयो बालकको मृत्यु समेत भएका कारण
आगलागीको विषयमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।