महिलाको शव फेला

<span class='c1'>महिलाको शव</span> <span class='c2'>फेला</span>

शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृत फेला परेकी छिन् ।

बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् । स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेपछि सङ्घीय एकाइ कार्यालय धरानबाट तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्