अंशबण्डाको झगडा छुट्याउँन हानेको बाँसले बाबुको मृत्युु र काका घाइते, छोरा पक्राउ

अंशबण्डाको झगडा छुट्याउँन हानेको बाँसले बाबुको मृत्युु र काका घाइते, छोरा पक्राउ

विराटनगर । तेह्रथुमको म्याङलुङ नगरपालिका–८ कोबेकमा अंशबण्डाको बिषयमा बाबु र काकाको झगडा छुट्याउन छोराले बाँसले हिर्काउँदा आफ्नै बाबुको मृत्यु भएको छ । बाबुको मृत्युपछि छोरा कुमार लिम्बु पक्राउ परेका छन् ।

अंशबण्डा गर्ने विषयमा भएको बादबिबाद झगडामा रुपान्तरण भएको थियो । गत शुक्रवार राती साढे ७ बजेको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बु र काका किर्तिमान लिम्बुबीच झगडा भईरहेको थियो ।

त्यसैबेला छोरा कुमाले बुबा र काकालाई छुट्याउन दुबै जनालाई बाँसको भाटाले हिर्काएका थिए । उनले भाटाले हिर्काएपछि बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनापछि घटनास्थलमा प्रहरी टोली पुगेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम पठाएको थियो । भने, बुबाको मृत्युपछि शोकमा परेका कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्