प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा विरोध प्रर्दशन ( फोटो फिचर)

प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा विरोध प्रर्दशन ( फोटो फिचर)

विराटनगर । सरकारले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि आईतबार मुलुकभर नै त्यसको विरोध गर्दै नागरिकहरु सडकमा उत्रिएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम चालेको भन्दै प्रतिपक्षीदल काग्रेस सहित नेकपाका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले आइतबार सडकमा उत्रेर विरोध प्रदर्शन गरेका हुन् ।


मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी विरोध भईरहेको छ । यसैविच यता विराटनगरमा पनि विभिन्न राजनितिक दल तथा तिनीहरुको भातृ संघठनहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् ।


प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै उनीहरूले , असंवैधानिक संसद विघटन खारेज गर , असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर बाकेर कडा रुपमा विरोध प्रर्दशन गरेका थिए ।
नेपाली कांग्रेस निकट तरुण दल मोरङले पनि संसद विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णय खारेजको माग गरेको छ । यता साझा विवेकशिलले केपी ओलीको असंवैधानिक कदम विरुद्धको विरोध प्रदर्शन भन्दै ¥याली निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्