८ करोडको लगानीमा विराटनगरमा एक सय सैयाको कोभिड अस्पताल

८ करोडको लगानीमा विराटनगरमा एक  सय सैयाको कोभिड अस्पताल

विराटनगर । प्रदेश १ सरकारलाई नागरिक केयर सेन्टरले अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हस्तान्तरण गरेको छ ।
कोशी अस्पताल कोभिड १९ परिसरमा निर्माण गरिएको कोभिड अस्पताल मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई केयर सेन्टरका संयोजक पवन सारडाले हस्तान्तरण गरे। निर्माण शुरु भएको ४० दिनमा सम्पन्न गरी अक्सिजन र भेन्टिेलेटरसहितका १ सय बेडको अस्पताल हस्तान्तरण गरिएको हो। कोभिड अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताए। उनले कोराना संक्रमित जनताले अक्सिजनको अभाव र सहज उपचार उपलव्ध नहुँदा अकालमै ज्यान गुमनाउनु परेकोमा दुःख व्यक्त गर्दै नौलो सोच र छोटो समयमा कोभिड अस्पतालको भौतिक संरचना निर्माणबाट उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

संघीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको अस्पताल अत्यन्तै सह्रानीय कार्य भएको चर्चा गर्दै यसको व्यवस्थापन चुस्त र दुरुस्त राख्न आग्रह गरे। उनले कोरोनाको जोखिम हटेपछि विशिष्टकृत अस्पतालको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड अस्पतालको क्षेत्रमा अक्सिजन र भेन्टिेलेटरसहितको थप १ सय बेड निर्माण कार्य शुरु गर्नका लागि स्वीस सरकारबाट ४ करोड सहयोग उपलव्ध भएको जानकारी दिए। उनले कोभिड अस्पताल परिसरमा फोहोर व्यवस्थापन, वाटर ट्रिटमेन्ट र अक्सिजन प्लान्ट निर्माण गरिने बताए।

मन्त्री घिमिरले कोभिड अस्पताल परिसरमा चाँडै १ सय बेड तयार गरिने बताए। उनले भने, ‘कोभिडका संक्रमित अहिले घटे पनि विज्ञले कोरोनाको दोस्रो लहर आउन सक्ने भनेका छन्।’ प्रदेश सरकारले विज्ञको भनाइअनुसार तयारी गरिरहेको उनले बताए। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संक्रमित नागरिकको उपचारको समस्याका कारण निजी क्षेत्र एवम् प्रदेश र स्थानीय सरकारको सोचअनुसार अस्पताल निर्माण भएको बताए। कार्यक्रममा नागरिक केयर सेन्टरका संयोजक पवन सारडाले प्रदेश सरकारको १ करोड, विराटनगर महानगरपालिकाको २५ लाखसहित ८ करोडमा अस्पताल निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्