विराटनगरको मलाय रोडमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा

विराटनगरको मलाय रोडमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा

विराटनगर । विराटनगरको मलाय रोड कोशी कोभिड अस्पताल अगाडी २ वटा मोटरसाईकल एक आपसमा ठक्कर खादाँ एक जना गम्भिर घाईते भएका छन् भने अर्का एक जना सामान्य घाईते भएका छन् ।


सोमबार विहान ९ बजेको समयमा २ वटा मोटरसाईकल एक आपसमा ठक्कर हुदाँ महेश कुमार भनिने मोटरसाईकल चालक गम्भिर घाईते भएको मोरङ्ग प्रहरीले जनाएको छ ।


रानी तर्फबाट विराटनगर आउदै गरेको स ८ प ९८६२ नम्बरको मोटरसाईकल र पुरानो डिएभी स्कुल तर्फबाट मलाय रोड तर्फ आउदै गरेको को ४ प ५११४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी को ४ प ५११४ नम्बरको मोटरसाइकलमा सवार विराटनगर १२ का देवेन्द्र प्रधान सामान्य घाईते भए भई घाईते दुवैको कोशी अस्पताल विराटनगरमा उपचारको लागी लगिएको प्रहरीले जनाएको छ ।

तस्वीर सहयोग :मनोज राज पण्डित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्