पैसा असुलेको आरोपमा विराटनगर घोघापुलका एजाज पक्राउ

पैसा असुलेको आरोपमा विराटनगर घोघापुलका एजाज पक्राउ

विराटनगर । जर्बरजस्ती पैसा असुलेको आरोपमा विराटनगर–९ घोघापुलका मो.एजाज शेख पक्राउ परेका छन् । मोरङ प्रहरीमा उनी विरुद्ध जर्बरजस्ती रकम असुली गरेको भन्दै पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले धाकधम्की दिएर रकम माग्ने गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिनुभयो । अन्य पनि केहि ‘सिक्वेन्स’ जोडिएका छन् की भनेर थप अनुसन्धानको पाटो केलाईरहेका छौं, एसपी खड्काले भन्नुभयो–केही सर्वसाधारणलाई नियन्त्रणमा लिएर आपराधिक लाभ लिएको उजुरी छ ।

चक्रिय ब्याज (मटिर ब्याज)मा लगानी गर्दै आएका विराटनगर–९ घोघापुल चोकका सञ्जय रौनियार यस अगाडी पक्राउ परेका छन्। शेखले उनीसँगको साझेदारी समेत गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शेख अदालतका फरार प्रतिवादी समेत हुन् । उनले उच्च अदालतको आदेश उपर सर्वोच्चबाट परामादेश लिएर अहिले हिड्डुल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्