संसद विघटन प्रकरण : विराटनगरमा आज अपरान्ह सबै दलको संयुक्त विरोध प्रदर्शन

<span class='c1'>संसद विघटन प्रकरण : विराटनगरमा आज</span> <span class='c2'>अपरान्ह सबै दलको संयुक्त विरोध प्रदर्शन</span>

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रप्रति विद्यादेवी भण्डारीको संसद विघटनको असंवैधानिक कदम विरुद्ध सोमबार विराटनगरमा सर्वदलिय एकिकृत विरोध प्रदर्शन हुने भएको छ ।
नेकपा पार्टी कार्यालय तीनपैनीमा तीन दल सम्मिलित संयुक्त बैठकले असंवैधानिक आन्दोलनका विरुद्ध संयुक्त रुपमा विरोध र प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो ।

नेपाल मोरङका सचिव गणेश उप्रेती सुशिलका अनुसार ससंद बिघटनको विरोधमा संयुक्त आन्दोलन गर्ने र तीन दलले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सोमबार अपरान्ह तीनपैनीबाट सत्ताधारी दल नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीले विरोध ¥याली निकाल्ने भएका हुन् । नेकपाका नेता महेश रेग्मी, कुलश लिम्बु, गणेश उप्रेती, भोगेन्द्र यादव, हेम कार्की, नेपाली काँग्रेसका जिल्ला सचिव नागेश कोइराला र मोदराज घिमिरे र जनता समाजवादीका जयराम यादव, तेजलाल कर्ण, राजकुमार यादव र मो. कादिरको उपथितिमा बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्