रंगेलीको जनता मा.वि.का विद्यार्थीको स्वाब संकलन गरियो

रंगेलीको जनता मा.वि.का विद्यार्थीको स्वाब संकलन गरियो

रबिन्द्र बराल

रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई ज्वरोको समस्या देखिएपछि बिद्यालय बन्द गरेर स्वाब संकलन सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखी ६ सम्मका विद्यार्थीहरुमा ज्वरोको समस्या देखिएपछि विद्यार्थीको पीसीआर परीक्षणका लागि स्वाब संकलन सोमबार स्वाब संकलन गरिएको हो ।

आइतबार विद्यालयमा अध्ययनरत ८–१२ उमेर समूहका विद्यार्थीमा ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको थियो । सोमबार विद्यार्थीमध्ये ११ जनाको नमूना संकलन गरेर परीक्षण गर्न पठाइएको हो । विद्यार्थीमा कोरोना संक्रमणसँग सम्बन्धित कुनै लक्षण भने नदेखिएको रंगेली नगरपालिकाका स्वास्थ्य रंगेली नगर स्वास्थ्य शाखा भुपेन्द्र मण्डलले जानकारी दिनुभयो ।

विद्यालयमा ४ सय हाराहारीमा विद्यार्थी अध्यनरत छन् । विद्यालय खुले संगै जाडोको मौसमका कारण दैनिक डेढ सय देखी २ सय जनासम्म विद्यार्थीहरु पठनपाठनका लागी आउन थालेको प्रध्यानाध्यपक सेवन्त गौतमले बताउनुभयो ।

जिल्लाका दक्षिणपुर्वी ६ पालिकाहरुको संयुक्त बैठकले मंसिर १५ गते देखि स्वास्थ्य मापडण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरेका थिए । रंगेली नगर स्वास्थ्य शाखा प्रमुख मण्डलले ११ जना विद्यार्थीको स्वाब संकलन गरेर परीक्षणपछि आएको नतिजाका आधारमा थप विद्यार्थीको स्वाब लिन की नलिने यकिन हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्