प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा शर्मा

प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा शर्मा

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकका विराटनगरका अग्रज पत्रकार यज्ञ प्रसाद शर्मालाई नियुक्ति गरिएको छ ।
प्रदेश सरकारको सोमबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना र कार्यकारी निर्देशकमा शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले प्रदेश परिषद् केन्द्रको कोष सञ्चालन बाधा अड्काउ फुकाउको सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा बाधा अड्काउ फुकाउको प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेशसभा सचिवालय आर्थिक वर्ष २०७७÷२०७८ को रोक्का रहेको बजेट बजेट फुकुवा गर्ने र सशर्त अनुदानको बजेट मागको प्रस्तावलाई स्वीकृत गर्दै केन्द्रमा पठाउने निर्णय गरेको छ ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको प्रस्तावमा कृषि व्यवसाय प्रवद्र्धन अनुदान पहिलो संशोधन कार्यविधि २०७७ प्रस्ताव स्वीकृति र फलफुल तथा तरकारी बजार सञ्चालक पहिलो संशोधन नियमावलीलाई समेत स्वीकृति गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्