विराटनगरमा प्रधानमन्त्रीको कदमका विरोधमा प्रदर्शन

विराटनगरमा प्रधानमन्त्रीको कदमका विरोधमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको विरोधमा विराटनगरमा प्रमुख चार राजनीतिक दलले प्रदर्शन गरेका छन् ।

सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काग्रेंस, जनता समाजवादी पार्टी, एकीकरणको प्रकृयामा रहेको राष्ट्रिय जनता पार्टीले विराटगनरको त्यो कदम सच्याउनु पर्ने माग गर्दै सडकमा विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्धमा एकीकृत ढंगबाट आन्दोलन अघि बढाउने निर्णय गरेसँगै विरोध दलहरु प्रदर्शनमा उत्रिएका हुन् ।

विराटनगरमा ओलीको विरुद्ध चर्को नाराबाजी गरिएको थियो । यसमा नेकपाका प्रचण्ड र माधव नेपाल लाइनका समर्थकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्