गहेली मार्ग पार्किङस्थलमा परिणत, स्थानीयलाई समस्या

गहेली मार्ग पार्किङस्थलमा परिणत, स्थानीयलाई समस्या

विराटनगर । विराटनगर ७ स्थित गहेली मार्गको सडक निमार्ण भएको केही दिन मात्र हँुदैछ । सडक निर्माण कार्य सम्पन्न भएपछि ट्राफिक कार्यलयले उक्त सडकको एक साइडका पोलहरुमा नो पार्किङ लेखेको होडिङ बोड लगाएको छ । तर, उक्त सडक मार्गमा दुबैतर्फ सवारी साधनहरु पार्किङस्थल बनेको छ ।

 


जथाभावी सडकमा सवारी साधन पार्किङ गरेर राखेका कारण ट्राफिक जाम हुने समस्या विराटनगरको मुख्य मानिन्छ । यसरी ट्राफिक जाम हुनुमा कसको गल्ती छ भन्ने विषयत कसैले पनि सोचेको देखिदैन । विराटनगर–६ का रमेश यादव पेशागत रुपमा सफारी चालक हुन । उनी प्रायः यहि गहेली मार्गमा सफारी कुदाउने गर्छन् । उनी भन्छन्, दुबैतर्फ सवारी रोकेर राखिएको छ । हामीहरुलाई सवारी कुदाउन गाह्रो छ । तर पनि गाली हामीले नै खानुपर्छ । रमेशको आशय भने बुझ्नेहरुले समेत जथाभावी पार्किङ गरेर सवारी रोक्दा सडक अस्तव्यस्त भएको थियो ।

जथाभावी रुपमा पार्किङ गर्नु कतिसम्मको जिम्मेवारी बहन गर्नु हो, रमेशले भने कानुन सामान्य नागरिकलाई मात्रै लाग्ने गर्छ । विराटनगरका हरेक गल्लिमा पुगेका ट्राफिक प्रहरीहरु होडिङ बोर्ड लगाइदेखि गहेली मार्ग नपुगेको स्थानीयको भनाई छ । सवारी व्यवस्थापन उचित नहुँदा गहेली मार्ग अहिले पार्किङ क्षेत्र जस्तै भएको भन्दै स्थानीय आजित भईसकेका छन् ।
यस सम्बन्धमा ट्राफिक प्रहरी सन्तोष खड्का भन्छन्,‘ डिउटिमा खटिने हामी ट्राफिक प्रहरी सिमित छौं । त्यस कारण भनेको समयमा त्यहाँ पुग्न सक्दैनन् । नो पार्किङ क्षेत्रमा सवारी रोकिएको पाएमा सवारीलाई सिल लक गरि जरिवाना तिराउने गरेका छौं । हामीहरुले तब सम्म ट्राफिक जाम रोक्न सक्दैनौं जब सम्म नागरिक आफै सचेत हुन सक्दैनन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्