न्यानो कपडा निशुल्क वितरण गर्दै विराटनगरको ‘हाम्रो समाज’

न्यानो कपडा निशुल्क वितरण गर्दै विराटनगरको ‘हाम्रो समाज’

विराटनगर । तराई अहिले कठ्याङग्रीने जाडो बढेको छ । विराटनगरमा पनि केहीदिन यता बाक्लो हुस्सुसँगै चिसो सिरौटो चल्न थालेको छ ।
आम मानिसले जाडो छेक्नको लागी न्यानो र तातो लुगा लगाएर बस्ने गरेका छन् । तर त्यही जाडोबाट बच्नको लागी कतिपयको न्यानो र तातो लुगा किन्न सक्ने क्षमता नहुन सक्छ । तराईमा अत्याधिक जाडोका कारण न्युन आयस्रोत भएका मानिसहरुले ज्यान गुमाउदै आईरहेका पनि छन् ।
हो त्यसको लागी अहिले विराटनगर ९ कलेजरोडमा रहेको ‘हाम्रो समाज’ले अहिले अति विपन्न तथा कपडा किन्न नसक्नेहरुको लागी न्यानो कपडा वितरण गर्न थालेको छ ।
घरमा किनेर प्रयोगमा नल्याइएका कपडाहरु जम्मा गरी तिनीहरुलाई ड्राईक्लीनिकमा सफागरी जाडोको कपडाहरु वितरण गर्न सुरु गरिएको हाम्रो समाजका अध्यक्ष अनुप कुमार सापकोटाले जानकारी दिए ।
साथै कसैको घरमा कपडा किनेर ल्याएको कपडाहरु प्रयोगमा छैनन भने हाम्रो समाजमा ल्याइदिनुहुन समेत सापकोटाले आग्रह गरे । हाम्रो समाजले दुईदिनदेखी निशुल्क कपडा वितरणको अभियान संचालन गर्दै आएको छ । यस अघि पनि हाम्रो समाजले कोरोना माहामारीको समयमा अति विपन्न तथा निम्न आयस्रोत भएका व्यक्तिहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री विरतण गरेको थियो । निशुल्क कपडा वितरण अभियान जाडो महिना भरी नै संचालन गरिने हाम्रो समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्