आगो ताप्ने क्रममा आगोले जलेर २५ बर्षिया महिलाको मृत्यु

आगो ताप्ने क्रममा आगोले जलेर २५ बर्षिया महिलाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिका २ बस्ने २५ बर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।

आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे आगोले जलेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै घटनास्थलमा खटिएको प्रहरी टोलीले शर्मालाई जलेको अवस्थामा मृत फेला पारेको हो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यस अघि विराटनगर १४ झटियायी स्थित एक १३ बर्षिय बालकको समेत आगो ताप्दा जेलर मृत्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्