नोबेल परिसरबाट बाइक चोरी गरेर नम्बर प्लेट परिवर्तन गर्ने ४ जना पक्राउ

नोबेल परिसरबाट बाइक चोरी गरेर नम्बर प्लेट परिवर्तन गर्ने ४ जना पक्राउ

विराटनगर । पार्किङ गरेर राखिएको मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । नोबेल मेडिकल अस्पताल परिसरबाट सेवाग्राही चुडामणी कार्कीको नाममा रहेको को ३९ प २४४२ नम्बरको मोटरसाईकल चोरी भएको थियो । बाइकमा सवार रविन्द्र खत्रीले जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित निवेदन दिएपछि मोटरसाईकल खोजतालास गर्दा विराटनगर महानगरपालिका–४ बुढाथोकी मार्गमा उनीहरुको साथबाट बाइक बरामद गरिएको हो ।

बाइक चोरीको आरोपमा विराटनगर महानगरपालिका ४ का विवेक थन्दार, अमन थन्दार, बुढिगंगा गाउँपालिका–२ पुजन थन्दार र सुनसरी दुहवी नगरपालिका–१० नगेन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई प्रदेश नं. १–०२–०४२ प ७३४८ नं. २२० सिसिको पल्सर मोटरसाईकल चोरी गरेर डो¥याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धान गर्दा नोबेल अस्पताल परिसरबाट चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्