विराटनगर । बिराटनगर महानगरपालिका–१२ प्रगति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पौने २ बजे स्थानीय २६ बर्षीय सन्तोष मण्डललाई पक्राउ गरेको हो ।
उनलाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । ब्राउनसगुर सहित पक्राउ परेका मण्डलको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।