नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्दै नेताहरु

नेकपा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गर्दै नेताहरु

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी सदस्यमा प्रदेश १ बाट एकसय बढीको संख्यामा केन्द्रीय समिति सदस्य थप भएका छन् । मंगलबार बसेको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्यमा थप गर्ने निर्णय गर्दा प्रदेश १ का १४ जिल्लाले एकसय बढीको संख्यामा केन्द्रीय सदस्य पाएको हो ।

थपिएकामध्ये पाँचजनाले केन्द्रीय समिति सदस्य अस्वीकार गर्ने जनाउ दिएका छन् । त्यसमा प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेशसभा सदस्य गोपालभन्द्र बुढाथोकी, उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले केन्द्रीय सदस्य अस्वीकार गरेको घोषणा गर्नु भएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल र प्रदेश सांसद कला घलेले पनि केन्द्रीय सदस्यको सपथ अस्वीकार गर्नु भएको छ ।

ओली नृेतत्वको नेकपाको बैठकले केन्द्रीय कमिटीको आकार बढाएर १ हजार १ सय ९९ पुर्याउने निर्णय गरेको छ । सोही निर्णय अनुसार केन्द्रीय कमिटीमा प्रदेश १ को झापा जिल्लाबाट १८, मोरङबाट १७ र सुनसरीका ८ जना चयन भएका हुन् ।

ओलीको गृह जिल्लाबाट केन्द्रीय सदस्य मनोनित हुनेमा हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजवंशी, देवेन्द्र दाहाल, मनकुमारी गौतम, एकराज कार्की, विमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हीरा थापा, गोपालचन्द्र बुढाथोकी र विश्व बराल रहेकामा दुईजनाले अस्वीकार गरिदिएका छन् ।
त्यसैगरी मोरङबाट नरेश पोखरेल, गंगा डाँगी, खड्ग बस्नेत, घनश्याम खतिवडा, युवराज बाँस्कोटा, हरि घिमिरे, सुबोधराज प्याकुरेल, रामलाल साह, डीपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मीना यादव, रामकुमार बस्नेत, मोतिलाल दुगड र नेकपा मोरङका अध्यक्षसमेत रहेका ऋषिकेश पोखरेल केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

सुनसरीबाट रेवतीरमण भण्डारी, मुरारी सुवेदी, सर्बध्वज साँवा, विजयकुमार राई, मोतिराज सुनुवार, ओम कोइराला, खेमराज पोखरेल र लक्ष्मी गौतम केन्द्रीय सदस्य भएका हुन् । उदयपुरमा अम्बिका थापा, दुर्गाकुमार थापा, मणिराज उपाध्याय, वेदप्रसाद पोखरेल, बिमल कार्की, शैलेश लामा र काजी श्रेष्ठको नाम केन्द्रीय सदस्यमा सार्वजनिक भएको छ । खोटाङकी उषाकला राई, हरि पोखरेल, कर्ण घले, रमेश पौडेल र रामप्रसाद दंगाल केन्द्रीय सदस्यमा चयन भएको जनाइएको छ ।
भोजपुरमा प्रेम राई, भरत तामाङ, कृपासुर शेर्पा र सिर्जना राई, ओखलढुंगामा नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठ र अम्बिरबाबु गुरुङ, सोलखुम्बुमा बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत, मानवीर राई, सोनाम ग्याल्जेन शेर्पा र कल्पना राई छन् । ताप्लेजुङबाट केन्द्रीय सदस्य हुनेमा डम्बरध्वज तुम्बाहाम्फे, उर्मिला थेबे, अनन्त साँवा, तुलसी शिवाकोटी र बुद्धिमान परियार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्